शनिबार, वैशाख ८, २०८१

पहिलेको कार्ड भए मात्र कोरोनाविरुद्धको दोस्रो खोप लगाइदिन स्वास्थ्य मन्त्रालयको निर्देशन

मेरोन्यूज २०७८ जेठ ५ गते १७:३९

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणको भेरोसेल लगाएकाले मात्र दोस्रो डोज खोप लगाउन पाउने जनाएको छ । कोरोनाविरुद्धको भेरोसेलको दोस्रो डोज अभियान सञ्चालन गरिरहेको समयमा मन्त्रालयले उक्त जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दोस्रो डोज खोपको निश्चित नभएकाले अहिले पहिलो डोज लगाएकाहरूलाई मात्र खोप लगाउन आग्रह गरेको हो । उनले दोस्रो डोजको निश्चितता सरकारले गर्न नसक्ने अवस्था आउने भएकाले दोस्रो डोज लगाउन अनुरोध गरे ।

मन्त्रालयले स्वास्थ्यकर्मी तथा खोप अभियानमा संलग्न अधिकारीलाई पहिलो डोज लगाएको कार्ड भएकालाई मात्र दोस्रो खोप लगाइदिन आग्रह गरेको छ ।

प्रतिक्रिया