शनिबार, वैशाख ८, २०८१

नेप्से घट्यो, तर कारोबार रकममा नयाँ रेकर्ड

मेरोन्यूज २०७८ जेठ ५ गते १७:१५

काठमाडौँ । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आज बुधबार १३ दशमलब ९ अंकले घटेको छ । कोरोना भाइरस (कोभिड–१९)को पहिलो र दोस्रो लहरपछि गरिएको निषेधाज्ञाले आज सबैभन्दा बढी प्रभाव पर्यटन तथा होटल क्षेत्र रहेको थियो ।

बुधबार बजारमा तरागाउँ, ओरेन्टल, सोल्टी र चन्द्रागिरि हिल्सको कारोबार भएको छ । सुरुमा केही मिनेट चन्द्रागिरिको मूल्य घटे पनि उकालोको संकेत दिएको थियो । यद्यपि, लगातार उकालो लागेर साताको चौथो दिन बुधबार नेप्से सुचक दोहोरो अंकले घटेको हो ।

बुधबार कूल दुई सय १४ कम्पनीको एक लाख ३२ हजार ३ सय ६९ कारोबारबाट ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४ सय ११ रुपैयाँ बराबरको २ करोड ५१ लाख २१ हजार ५ सय ५४ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार रकम अहिलेसम्मकै सबैभन्दा बढी हो । तसर्थ शेयर बजारमा नेप्से घटे पनि कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ ।

समता घरेलु लघुवित्तम, रुरु जलविद्युत परियोजना लगायत ५ कम्पनीको सेयर मूल्यमा सुधार देखिएको छ । हाइड्रोपावर, विकास बैंकलगायत ८ क्षेत्रको समूहगत सूचक घटेको छ । बुधबार नेपाल पुर्नबिमा कम्पनीको सबैभन्दा धेरै ५५ करोड ६९ लाख र राष्ट्रिय जीवन बिमा कम्पनीको ४५ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया