बिहीबार, चैत १५, २०८०

नयाँ प्रजातिको कोरोनालाई अहिलेको खोपले काम गर्छ : डा. गौतम

मेरोन्यूज २०७८ जेठ ५ गते १७:०३

काठमाडौँ । नेपालमा देखिएको नयाँ प्रजातिको कोरोना भाइरस (कोभिड–१९)लाई अहिले लगाएको खोपले काम गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा भेटिएका ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ भाइरसलाई अहिले प्रयोग भइरहेको कोरोनाविरुद्धको खोपले काम गर्ने जानकारी दिए ।

उनका अनुसार नयाँ प्रजातिको भाइरसले तीव्र गतिमा फैलिने र संक्रमितलाई जटिलता देखिने गर्छ । उनले भने, “खोप लगाउने भन्दा नलगाउनेलाई यो प्रजातिको भाइरसले जटिलता बढी हुने देखिन्छ ।”

“कोरोनाबाट बच्न घर बाहिर नजाने, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्न र दुरी कायम गर्ने,” उनले भने । नेपालमा तीन प्रकारको भाइरस देखिएका छन् ।

हालसम्म नेपालमा भारतको कोभिडसिल्ड र भेरोसेल खोप प्रयोग हुँदै आएको छ ।

Advertisement

प्रतिक्रिया