बिहीबार, वैशाख १३, २०८१

गण्डकी प्रदेशका चार मन्त्रीले लिए सपथ

मेरोन्यूज २०७८ जेठ ५ गते १५:५२

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज चार जना मन्त्रीहरूलाई नियुक्त गरेका छन् ।

आज आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा किरण गुरूङले सपथ लिएका छन् । बाँकी तीन जनालाई विना विभागीय मन्त्री बनाइएको छ ।

मुख्यमन्त्री गुरुङले यसअघि भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल र सामाजिक विकासमन्त्री रहेका नरदेवी पुनलाई विना विभागीय मन्त्री बनाएका हुन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले चार जनालाई सपथ खुवाएकी हुन् ।

प्रतिक्रिया