शनिबार, वैशाख ८, २०८१

रेम्डेसिभिर औषधि नेपालमै उत्पादन हुने, नेशनल हेल्थ केयरले पायो अनुमति

मेरोन्यूज २०७८ जेठ ५ गते १५:२१

काठमाडौं । कोरोनाका जटिल बिरामीमा प्रयोग गरिने औषधि रेम्डेसिभिर नेपालमै उत्पादन गरिने भएको छ ।

उक्त औषधि उत्पादन गर्न नेशनल हेल्थ केयरलाई औषधि व्यवस्था विभागको अनुमति दिएको छ । नेपाल औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोषराज बरालले नेशनल हेल्थ केयरले रेम्डेसिभिर औषधि उत्पादनका लागि अनुमति पाइसकेको जानकारी दिए ।

“नेपालमा यसको परीक्षण पास भइसकेको छ, उत्पादनको अन्तिम प्रक्रियामा छ” उनले भने, “एक महिनाभित्रमा रेम्डेसिभिर उत्पादन सुरु गर्ने छ।”

उनका अनुसार उक्त नेशनल हेल्थ केयरसँग मात्र प्लान्ट छ । उक्त कम्पनीले आवश्यक कच्चा पदार्थ ल्याइसकेका छ भने अन्तिम चरणको प्राविधिक परीक्षणमा रहेको छ ।

भारतमाबाट आयात हुँदै आएको रेम्डेसिभिर कोरोना संक्रमण बढेपछि निर्यातमा प्रतिबन्ध लगाएको थियो । नेपालमा पनि कोरोनाका जटिल बिरामी बढेपछि बंगलादेशबाट औषधि व्यवस्था विभागले आयान हेल्थकेयरलाई रेम्डेसिभिर औषधि ल्याउन अनुमति दिएको छ ।

प्रतिक्रिया