शुक्रबार, वैशाख १४, २०८१

१० दिनमा पद गुमाएका मनाङे दोस्रोपटक मन्त्री बन्दै

मेरोन्यूज २०७८ जेठ ५ गते १३:५९

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्रिपरिषद विस्तार गर्न लागेसँगै राजिव गुरुङ ‘दीपक मनाङे’ दोस्रोपटक मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री गुरूङले यसअघिकै मन्त्रीहरूलाई पुनः मन्त्री बनाउने भएसँगै मनाङे दोस्रोपटक मन्त्री बन्ने भएका हुन् ।

मनाङे काठमाडौँमा भएकाले आज सपथ भने नलिने भएका छन् । उनी पोखरा जान नभ्याउने भएकाले सपथ लिन नभ्याउने मुख्ममन्त्रीको सचिवालले जनाएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले वैशाख २६ गते राजीनामा दिएसँगै मनाङेको मन्त्री पद खारेज भएको हो । मन्त्री भएको १० दिनमै मन्त्री पदबाट काम चलाउ मन्त्री बनेका मनाङे पुनः मन्त्री बन्ने भएका हुन् ।

मनाङे गत वैशाख १६ गते युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका थिए । उनले पदभार ग्रहण गर्दै आफ्नो सरकार एक हप्ता मात्रै टिक्ने बताएका थिए ।

कोरोना भाइरसको संक्रमणका कारण मुख्यमन्त्री गुरूङले नियुक्त भएको एक सातासम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् । तर, संक्रमित भएकै अवस्थामा वैशाख २९ गते उनले मुख्यमन्त्रीका सपथ लिएका थिए । मुख्यमन्त्रीबाट राजीनामा दिएका गुरुङले तीन दिनपछि सपथ लिएका हुन् ।

यसअघिका मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीमा किरण गुरूङ, भौतिक पूर्वाधार विकास मन्त्रीमा रामशरण बस्नेत, सामाजिक विकास मन्त्रीमा नरदेवी पुन, पर्यटन, उद्योग, वाणिज्य तथा बन मन्त्रीमा विकास लम्साल थिए । युवा तथा खेलकुद मन्त्री बनेका राजिव गुरुङ ‘दीपक मनाङे’ पनि पुन मन्त्री नियुक्त हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया