शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्री ओलीले गरे बादललाई मतदान गर्न आग्रह

मेरोन्यूज २०७८ जेठ ५ गते १३:१४

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि बिहीबार हुने निर्वाचनमा गृह मन्त्रीसमेत रहेका एमोलका उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न सबैलाई आग्रह गरेका छन् । वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा उप निर्वाचनमा ‘बादल’ एमालेका तर्फबाट उम्मेदवार बनेका छन् ।

‘जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीको उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एक जना वरिष्ठ नेता हुनुहुन्छ,’ प्रधानमन्त्र ओलीले हस्ताक्षर गरको पत्रमा भनिएको छ, ‘उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने छ । तसर्थ, यस निर्वाचनमा एकताबद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु ।’

प्रतिक्रिया