शनिबार, वैशाख ८, २०८१

सुन मूल्यमा सामान्य गिरावट

मेरोन्यूज २०७८ जेठ ५ गते १२:२३

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा सय रुपैयाँले घटेर ९३ हजार ३ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

शेयर कारोबार मापक नेप्सेमा प्रतिदिन वृद्धि भई सन्तुलित नभएकाले बुधबार सर्किट लाग्ने अवस्थामा पुग्दा पनि सुन चाँदी ओरालो झरेको बजारमा देखिएको छ । हिजो मंगलबार सुन तोलाको ९३ हजार ४ सयमा किनबेच भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैँयाले सस्तो भई प्रतितोला एक हजार ३ सय ७० मा कारोबार भइरहेको छ । कोरोना भाइरसका कारण अधिकांश स्थानमा निषेधाज्ञा भएकाले किनबेच नभए पनि कारोबार रकम तोक्नु पर्ने सुनचाँदी संघको नियम छ ।

प्रतिक्रिया