शनिबार, वैशाख ८, २०८१

चीन र सिंगापुरबाट थप स्वास्थ्य सामग्री ल्याउने तयारी

मेरोन्यूज २०७८ जेठ ५ गते १२:११

काठमाडौँ । नेपाल वायु सेवा निगमले आगामी मे २२ तारिखमा सिंगापुरबाट स्वास्थ्य सामग्री ल्याउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँगको सहकार्यसहित उडान भर्न अनुमति खुला भएको मुलुकको उडान भरिरहेको निगमले स्वास्थ्य सामाग्री ल्याउने भएको हो ।

सिंगापुरस्थित टेमसेक फाउण्डेशनको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री ल्याउन निगमले अर्थ, परराष्ट्र र तालुक पर्यटन मन्त्रालयको निर्देशनमा मे २२ मा स्वास्थ्य सामग्री ल्याउने भएको हो ।

निगमको व्यावसायिक स्थायित्वका लागि वर्तमान परिप्रेक्ष्यमा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलसहितको टोली सक्रिय रहेको पछिल्लो परिणाम विदेशी कूटनीतिक नियोगले समेत व्यावसायिक सम्मान दिएको निर्देशक श्रेष्ठको भनाइ छ ।

उनका अनुसार निगम चीनको सेनजेनमा यही मे १९ तारिखमा आरए ४२७५ कलसाइनबाट मेडिकल चार्टर्ड उडान गरी आरए ४२७६ कलसाइनको उडानमार्फत सोही दिन फर्किने आन्तरिक तयारीमा जुटेको छ । निगमसँग दुई न्यारो बडी र दुई वाइड बडी गरी चार जहाजले अन्तर्राष्ट्रिय उडान भरिरहेको छ ।

प्रतिक्रिया