शुक्रबार, वैशाख १४, २०८१

अक्सिजन प्लान्ट स्थापना गर्न १२ अस्पताललाई १६ करोड ८० लाख

मेरोन्यूज २०७८ जेठ ५ गते ९:५७

काठमाडौं । अर्थ मन्त्रालयले विभिन्न १२ वटा अस्पतालमा अक्सिजन पप्लान्ट स्थापना गर्न स्वास्थ्य मन्त्रालयलाई थप १६ करोड ८० लाख रुपैया बजेट निकासा दिने भएको छ ।

मंगलबार अर्थ मन्त्री विष्णु पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अक्सिजनको पाईपलाईन र पप्लान्ट स्थापना गर्न उक्त रकम निकासा गर्न सहमति दिएका हुन् । मंगलबार स्वास्थ्य मन्त्रालयले विभिन्न १२ वटा अस्पताललाई अक्सिजन प्लान्ट गराउन थप बजेट निकासा गर्नुपर्ने भन्दै अर्थसंग सहमति मागेको थियो ।

प्रतिक्रिया