शुक्रबार, चैत १६, २०८०

नवलपरासीको दाउन्नेमा बस दुर्घटना, ४ जनाको मृत्यु

काठमान्डौबाट रुकुम पश्चिमका लागी छुटेको ना ५ ख २७१३ नम्बरको यात्रुवाहक बस दुर्घटना

मेरोन्यूज २०७८ जेठ ५ गते ९:२६

नवलपरासी । पुर्व पश्चिम राजमागको दाउन्ने सडक खण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डको खुर्साने खोला नजिकै सडकबाट तल बस खस्दा ४ जनाको मृत्यु भएको हो । काठमान्डौबाट रुकुम पश्चिमका लागी छुटेको ना ५ ख २७१३ नम्बरको यात्रुवाहक बस दाउन्नेको खुर्साने खोलाबाट सडकदेखि २ सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक कपिल वाग्लेले जानकारी दिए ।

मृतक मध्ये रुकुम पश्चिमको त्रिवेणी गाँउपालीकाकि २७ वर्षिय कल्पना पुनको र रुकुम पूव सिस्ने गाउँपालिका ४ का ३६ वर्षका धनराज घर्तिको मात्र सनाखत भएको छ ।

दुर्घटनामा परी ४९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

घाईतको उद्धार गरी चिसापानी अस्पताल बर्दघाटमा ल्याएको छ घाईते मध्ये केहिको अवस्था गम्भिर रहेको छ । गम्भिर घाईतेलाई उपचारका लागी बुटवल पठाईएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया