शनिबार, वैशाख १५, २०८१

आजको राशिफल : ज्येष्ठ ५ गते बुधबार

ज्यो. गुरु दिवाकर पन्त २०७८ जेठ ५ गते ५:५८

आज २०७८ साल ज्येष्ठ महिनाको ५ गते बुधबार । आज वैशाख शुक्लपक्षको सप्तमी तिथि ।

मेष
पेशागत जीवनमा सकारात्मक समय रहेको छ । आम्दानीमा पनि बृद्धि हुने छ । बोलीमा स्पष्टता जस्तो देखिएता पनि अलि कडापन हुन जाने भएकाले यस बारेमा विचार गर्नुहोला । पारीवारिक मिलन हुने छ । मनमा दुविधा हुने छैन् भने मनमा शान्तिको आभाष हुन जाने छ । राजनीति, उद्योग, कलकारखाना, श्रम बजार, सेवा क्षेत्र, इन्जिनियरिङ्ग, केमिकल्स, विषादीको ब्यापार, सिमेण्ट, डण्डि, रड जस्ता क्षेत्रमा ब्यवसाय गरिरहेकाहरुलाई फाइदा मिल्ने छ ।

वृष
ब्यक्तित्व दृढ खालेको हुने छ । भाग्यको बलियो साथ रहेकाले आम्दानीमा बृद्धि हुने छ भने पेशागत जीवनमा शुभ बृद्धि हुने छ । आत्माबल बलियो हुने छ । नेतृत्व गर्ने अवसर प्राप्त हुने छ भने प्राप्त जिम्मेबारी राम्रोसँग निभाउने क्षमता पनि देखिने छ । राजनीति, प्रशासन, न्यायालय, शिक्षण, अनुसन्धान, शिक्षण, प्राध्यापन, बौद्धिक क्षेत्र, लेखन, दार्शनिक क्षेत्र जस्ता क्षेत्रमा आवद्धरुलाई समय सकारात्मक रहेकाले फाइदा मिल्ने छ ।

मिथुन
पारीवारिक जीवनमा शान्ति र मधुरता छाउने छ । शितल प्रकृतिको ब्यक्तित्व बन्ने छ । तर आत्मबलको कमि हुने भएकाले दुविधात्मक ब्यक्तित्व बन्न पुग्ने छ । रिस छिटो उठ्न जाने भएकाले कार्य क्षेत्रमा द्वन्द चर्किने भएकाले संयमित रहँदा फाइदा मिल्ने छ । पेशागत जीवन तथा ब्यवसायमा लाभ प्राप्त हुने छ । इन्जिनियरिङ्ग, राजनीति, न्याय क्षेत्र, श्रम जगत, श्रमिक, मेकानिक्स, भाडाका गाडि, सार्वजनिक सवारीसाधन, मर्मत, सरसफाई जस्ता क्षेत्रमा कार्यरतहरुलाई समय प्रतिकुल रहेकाले संयमित रहनु होला ।

कर्कट
स्पष्ट विचार हुने भएकाले ब्यक्तित्वमा विनम्रता र दृढता देखिने छ । सोच विचार गरेर मात्र निर्णय लिने ब्यक्तित्व हुने छ । साझेदारीमा गरिएका कामहरुबाट फाइदा प्राप्त हुने छ । दाम्पत्य जीवनमा पनि सकारात्मक अवस्था रहने छ । भाग्यको साथ नभएकाले धन सम्पत्ति नोक्सान हुन जाने समय हावि भएकाले संयम रहँदा उपयुक्त हुने छ । अपर्झट निर्णय लिने भन्दा यस बारेमा विचार गरेर समय लिएर निर्णय लिनु उपयुक्त हुने छ । पेशागत जीवन र ब्यवसायमा प्रतिकुल समय सक्रिय हुने भएकाले धैर्य भएर अघि बढ्नु होला ।

सिंह
आफ्नो पेशा तथा ब्यवसायप्रति समर्पित हुन मन लाग्ने छ । कर्मशिल ब्यक्तित्व बन्ने भएकाले मान सम्मान तथा कदर प्राप्त हुने छ । ब्यवसाय र पेशाबाट फाइदा मिल्ने छ । गरेका कामहरुले नतिजा दिने भएकाले प्रतिष्ठा बृद्धि हुने छ, भने आफु भन्दा माथिका हाकिमहरुबाट प्रशंसा प्राप्त हुने छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने भएकाले कसैसँग पनि नडराउने बानी देखा पर्ने छ । शत्रु नाश हुने छन् । साझेदारीमा गरिएका कामहरुमा भने विवाद देखा पर्न जाने छ ।

कन्या
आम्दानी बृद्धि गर्नका लागि मनमा अनेकखाले उपाय र चिन्तनहरु आउने छन् । आम्दानीमा बृद्धि हुने छ । अध्ययन अध्यापनमा भने मन जाने छ । भाग्यको साथ रहेकाले आँटेका कामहरु भने पुरा हुनेतर्फ नै जाने छन् । बौद्धिक क्षेत्रमा संलग्नहरुलाई उनीहरुले निर्वाह गरेको कामको उचित मूल्यांकन हुने छैन् । ब्यक्तित्वमा गिरावट आउने छ । घर घडेरी, सेना, प्रहरी, खेल, शारीरिक क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ ।

तुला
पारीवारिक सदस्यहरुका बीच द्वन्द देखा पर्ने छ । परिवारका सदस्यहरु बीच असमझदारी बढ्ने छ । खासगरी पैतृक सम्पत्ति तथा धन सम्पत्ति पपरिचालनका विषयमा विचार मिल्ने छैन् । पेशागत जीवन र ब्यवसायमा भने समय सकारात्मक छ । ब्यक्तित्व अलि लुलो खालको हुने भएकाले अरुले हेप्ने खोज्ने छन् । ढुवानीका साधन, मालबाहक सवारीसाधन, उद्योग कलकारखाना, डण्डि, सिमेण्ट, श्रम क्षेत्र, मजदुरी आदी क्षेत्रमा सहभागि भएकाहरुको हकमा समय सवल छ ।

वृश्चिक
मनमा दृढता आउने छ । तर उक्त दृढता नकारात्मक विचारतर्फ बढ्ने खतरा रहेकाले सकारात्मक चिन्तन गरी मनलाई सकारात्मक विषयमा केन्द्रित गर्नु होला । भाग्यको बलियो साथ रहेको छ । शरीरमा शिथिलता उत्पन्न हुने छ । सुरक्षा निकाय, फौज, सेक्युरेटी गार्ड, खेल जगत, घर घडेरी, सेना, प्रहरी, आदी पेशा तथा ब्यवसायमा सहभागिहरुलाई समय प्रतिकुल चलिरहेकाले विचार गरेर मात्र पाइाला चाल्नु होला । कमजोर मनोबल हुने भएकाले अरुले हेप्न खोज्ने छन् । साझेदारीमा गरिएका कामबाट भने लाभ मिल्ने छ ।

धनु
संयमित रहनु पर्ने समय छ । रोग ब्याधिको पनि डर भएकाले संयमताको खाँचो छ । चिसोले अत्याधिक सताउने छ । मनमा एकतमासको नरमाईलो लागि रहने छ, खिन्नताले सताउने छ । साझेदारीका कामहरुमा अबरोध र तर्कवितर्क ज्यादा हुन पुग्ने छ । दाम्पत्य जीवनमा पनि झैझगडा देखा पर्ने भएकाले धैर्यतापूर्वक ब्यवहार गर्नु उपयुक्त हुने छ । पानी, आइसक्रिम, दुध, तरल पदार्थ, मदिरा, आयात निर्यात, लेखा क्षेत्रमा संलग्नहरुको हकमा समय प्रतिकुल रहेकाले विचार गरि कदम चाल्नु होला ।

मकर
कसैसँग नझुक्ने तथा नदब्ने विचार मनमा आउने छ । दृढ खालको ब्यक्तित्व हुने छ । तर अरुले अलि कडा स्वाभावको महशुस गर्ने छन् । धन सम्पत्तिको बृद्धि हुन जाने छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि बढोत्तरी हुने छ । आम्दानीका विषयमा मनमा अलि नकारात्मक सोचाई र चिन्तन आउने छन् । जे जति प्राप्त भएको छ त्यसमा चित्त बुझाउँदै अघि बढ्नु होला । मनोपरामर्श क्षेत्र, पुरातात्विक क्षेत्र, कुटनीति, अनुसन्धान, गुप्तचरी, धार्मिक क्षेत्र आदीमा सहभागिहरुलाई फाइदा मिल्ने छ ।

कुम्भ
आम्दानीमा केही बृद्धि हुने छ । बौद्धिक ब्यक्तित्वमा केही बृद्धि हुने छ । तर मनमा भने अत्याधिक दुविधा देखा पर्ने छ । एकपछि अर्काे विचारको श्रङ्खला चलिरहने छ, जसले गर्दा दुविधा धेरै हुने छ । घर घडेरी तथा ठेक्का पट्टामा आवद्धहरुलाई फाइदा मिल्ने छ । उद्योग ब्यवसाय, कलकारखाना तथा कार्यालय आदीमा मजदुर समस्या वा श्रम समस्या देखा पर्ने छ । पेशागत जीवन र ब्यवसायमा समस्याहरु देखा पर्ने भएकाले पूर्व तयारीसहित कदमहरु चाल्दा वेस हुने छ ।

मीन
भित्रि बुद्धिको सक्रियताले आम्दानीमा बृद्धि हुने छ । चलाख दिमाग हुने छ । मेहनत र पराक्रमी स्वाभावमा बृद्धि हुने छ । अध्ययन अध्यापनमा प्रगति हुने छ । भाग्यको साथ रहेकाले सुख सुविधाजन्य अवस्था सृजना गर्न आँट आउने छ । मनोबल बढ्ने छ । ठेक्का पट्टा, रियल स्टेटको कारोवार, तथा मजुदर परिचालन गर्नु पर्ने क्षेत्र तथा आँटिलो काम गर्ने क्षेत्रहरुमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।

(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

प्रतिक्रिया