बिहीबार, वैशाख १३, २०८१

पूरा जीवन दुखेको छ : निर्देशक लामिछाने

मेरोन्यूज २०७८ जेठ ४ गते १७:२०

काठमाडौँ । कोरोना संक्रमित भएपछि विगत ४ दिनदेखि निर्देशक ऋषि लामिछाने अस्पतालमा उपचार गराइरहेका छन् । उनले अस्पतालबाट सामाजिक संजालमा लेख्दै कहिलेकाही मृत्यु भन्दा जीवन असहज लाग्ने गरेको बताएका छन् । उनले सामाजिक संजालमा मार्फत नै अस्पतालको बसाइ ४ दिन पुगेको जानकारी गराएका छन् । उनले भाबुक स्टार्टस् लेख्दै कोठाका ४ वटा भित्ताले घरी घरी पीडा दिइरहेको बताए ।

उनले भने, ‘असाध्यै असहज र पीडादायी छ । लाग्थ्यो दुख्ने शरीर, मन र मुटु मात्र हुन्छ । यहाँ त सपना, विपना र कल्पना पनि दुख्दोरहेछ । पूरा जीवन दुखेको छ । अस्ती अस्ती शरीर दुख्दा पीडाले रोएको थिएँ । आज आत्मा दुखेको छ । ग्रान्डी अस्पतालको नबौ तल्लाबाट बाहिर हेर्दै चिच्याई चिच्याई कराउन मन लागेको छ ।’

निर्देशक लामिछानेसँगै उनकी पत्नी सरिता लामिछाने र छोरी पनि कोरोना संक्रमित भएका छन् ।

प्रतिक्रिया