शनिबार, वैशाख १५, २०८१

संसद सचिवालयमा जसपाका दुई थरी पत्र

महन्थ भन्छन् : राजेन्द्र महतोलाई दल नेता चयन गरियो, उपेन्द्र भन्छन् : महतो दल नेता चयन भएकै छैनन्

मेरोन्यूज २०७८ जेठ ४ गते १७:१६

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्र चर्किएको अन्तरसंर्घषले झण्डै पार्टी नै विभाजनको डिलमा पुगेको देखिदै गर्दा विवाद मिलाउने र एकताको सकारात्मक प्रयास भएको सन्देश दिन मंगलबार दुवै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य दिए ।

प्रष्ट तीन कुरा महन्थ र उपेन्द्रको वक्तव्यमा थियो । पहिलो – राष्ट्रिय सहमतिको सरकार निर्माण भए सरकारमा जाने, दोश्रो – आफ्नै नेतृत्वमा सरकारको दावी गर्ने र तेश्रो – अन्यथा सरकारमा जाँदै नजाने ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिने/नदिने या सरकारमा ओलीलाई राख्ने या फाल्ने भन्ने विषयमा देखिएको अन्तरविरोधले महन्थ र राजेन्द्र महतोको एउटा मोर्चा र उपेन्द्र र डा बाबुराम भट्टराईको अर्काे मोर्चा वनिरहेको थियो ।

यही मोर्चावन्दीका कारण जसपा अव टुक्रियो भन्ने चर्चा चलिरहेका बेला महन्ठ र उपेन्द्रको संयुक्त हस्ताक्षरमा वक्तब्य आउनु, पार्टीको कार्यकारिणी समितिको बैठक आह्रवान हुनु र विवाद सोही वैठकबाट मिलाउने गरी पार्टीको सरकार बारेको नीति समेत सार्वजनिक हुनुले जसपाभित्र मिलापको प्रयास भएको सन्देश संयुक्त वक्तब्यले दिँदै थियो ।

तर एकाएक फेरि संसद सचिवालयमा महन्थ र उपेन्द्रको अलग-अलग पत्र पुगेपछि विवादको फेरो समालिने भन्दा झन फुस्किने दिशामा केन्द्रीत रहेछ भन्ने देखाएको छ ।

महन्थ पक्षले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरिएको पत्र संसद सचिवालयमा बुझाएपछि फेरि जसपाभित्रको विवाद उदांगिएको छ । महन्थको हस्ताक्षरमा संसद सचिवालयमा महतोलाई बैशाख ३० गते बसेको बैठकले दल नेता चयन गरेको पत्र संसद सचिवालयमा दर्ता भएको छ । दुई अध्यक्षले संयुक्त वक्तब्य दिएको केही घण्टामै महतोलाई दल नेता चयन गरेको पत्र संसद सचिवालयमा पुगेको हो ।

२०७८/०१/३० गते बसेको जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा मा। श्री राजेन्द्र महतोलाई निर्वाचित गरेको व्यहोरा जानकारी गराइन्छ । संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि यसै पत्र साथ संलग्न गरिएको छ, पत्रमा भनिएको छ ।

एक वर्ष अगाडी तत्कालिन राजपा र समाजवादी पार्टी मिलेपछि जसपाले केन्द्रीय कार्याकारिणी समिति ५१ सदस्यीय बनाउने वाहेक एकताको अन्य काम टुग्गो लगाएको थिएन । दलको विद्यान लगायतको टुग्गो नलागेको र विद्यानलाई कार्यकारिणी समिति बसेर टुग्गो नलगाएको कारण दल नेता जसपाले अहिलेसम्म पनि टुग्याउन सकेको थिएन ।

तर महन्थ पक्षले राजेन्द्रलाई दल नेता वनाएको पत्र संसद सचिवालयमा दर्ता हुन पुगेपछि उपेन्द्र यादव पक्षले पनि काउन्टरमा अर्काे पत्र संसद सचिवालयमा दर्ता गराएको छ ।

पत्रमा राजेन्द्र महतोलाई दल नेता चयन गरेको कुरा सत्य नभएको र दल नेता अहिलेसम्म नचुनिएको भन्दै ध्यानाकर्षण संसद सचिवालयलाई गराईएको छ ।

यसले जसपाभित्रको विवाद फेरि वल्झाईदिएको छ ।

दव पक्षका सांसदले मोहम्मद इस्तियाक राईले अध्यक्षद्वयबीच एकता भएपछि त्यस्तो पत्र संसद् सचिवालयमा दर्ता गराउनुले पार्टी एकता भाँड्ने शक्ति लागेको भन्ने देखिएको टिप्पणी गरेका छन् ।

पार्टी विधान विपरीत भएको त्यो निर्णय कुनै पनि हालतमा मान्य छैन । सहमतिअनुसार दुई अध्यक्षको सहमतिअनुसार दलको नेता चयन हुने हो । एकता भाँड्ने शक्तिहरू सक्रिय भएर आजको सहमतिभन्दा पहिला तयार भएको पत्रलाई केरमेट गरेर संसद् सचिवालयमा दर्ता गराएका हुन्, त्यसको कुनै अर्थ छैन,- राईले भने ।

आठ बुँदे सहमति पछि ठाकुर र यादवले मंगलबार एक विज्ञप्ति जारी गर्दै जेठ ८ र ९ गते पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक बोलाएका बेला फेरि पत्रयुद्ध शुरु भएपछि जसपाको विवादले केन्दीय कार्यकारिणी समितिको बैठक वस्ने हो -होइन अन्यौलता फेरि थपेको छ ।

प्रतिक्रिया