शुक्रबार, वैशाख ७, २०८१

विश्वकप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा

मेरोन्यूज २०७८ जेठ ४ गते १६:५९

काठमाडौँ । फिफा विश्वकप छनोट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले मंगलबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । टिममा १३ खेलाडी परिवर्तन भएका छन् ।

नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङसँग विशाल सुनार र दीप कार्की रहेका छन् । डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास रहनेछन् । यस्तैमिडफिल्डरहरुमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान समटिएका छन् । फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा परेका छन् ।

नेपालले तीन वटा विश्वकप छनोटका खेलहरु खेल्नेछ । नेपालले जुन ३ मा चाइनिज ताइई, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । यो भन्दा अगाडि नेपालले मे २९ मा इराकसँग बास्रा इन्टरनेशनल स्टेडियममा मैत्रीपूर्ण खेल खेल्नेछ ।

प्रतिक्रिया