शुक्रबार, चैत १६, २०८०

सांसद बस्नेतद्वारा नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

मेरोन्यूज २०७८ जेठ ४ गते १६:२०

भक्तपुर । कोभिड–१९ को महामारीमा कोरोना संक्रमित बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स अभाव भएको गुनासो आइरहेको समयमा सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्त रूपमा सञ्चालन गर्ने गरी कोभिड एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

कोरोनाको बिरामीले एम्बुलेन्स नपाइरहेको गुनासो आइरहेको बेलामा पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा ल्याएको एम्बुलेन्स उनले आज हस्तान्तरण गरेका हुन् । सांसद बस्नेतको पलहमा भारत सरकारले सहयोगस्वरूप प्रदान गरेको उक्त कोभिड एम्बुलेन्स सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्तरूपमा सञ्चालन गर्ने गरी हस्तान्तरण गरेका हुन् । हस्तान्तरणलगत्तै सांसद बस्नेत र नगरपालिकाका प्रमुख वासुदेव थापाले संयुक्तरूपमा एम्बुलेन्स उद्घाटन गर्दै आजदेखि सञ्चालनमा आएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य एवं सांसद बस्नेतले अहिले महामारीको यो समयमा जनताको सुरक्षा र बिरामीलाई सहज एम्बुलेन्स सेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नगरप्रमुख थापाले नगरका जनताको जीवन रक्षाका लागि आफू अरोरात्र खटिरहेको बताउँदै नगरभित्रका जनतालाई कोरोनाका कारण उपचारमा कुनै समस्या आउन नदिने दाबी गरे । भक्तपुरका जनताले चौबिसै घण्टा एम्बुलेन्स सेवाका लागि ९८०८५२९३८३ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

त्यस्तै, योयो युनिटी भक्तपुर, नेपाल रेड्क्रस सोसाइटी भक्तपुर र ब्लोडान, भक्तपुरको संयुक्त सहकार्यमा भक्तपुरका बासिन्दाका लागि निःशुल्क कोभिड एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कोरोना लगायतका अन्य बिरामीलाई अस्पताल पुर्‍य।उने सेवाका लागि चौबिसै घण्टा सञ्चालन गर्ने गरी निःशुल्क एम्बलेन्स सेवा शुरु गरेको योयो युनिटीले जानकारी दिएको छ । एम्बुलेन्स चाहिएमा ९८६१८५४९८२ मा सम्पर्क गर्न सक्नेछ ।

कोरोना संक्रमित बिरामीका लागि सेवा दिन भक्तपुर चेम्बर अफ कमर्स र भक्तपुर लायन्स समन्वय समितिले अक्सिजनसहितका एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमणका बेलामा पनि संक्रमितले सहज रूपमा एम्बुलेन्स नपाएको गुनासो आएकाले चौबिसै घण्टा सेवा दिने गरी निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बलेन्स चाहिएमा ९८६१७५६४६१ मा सम्पर्क गर्न समितिले आग्रह गरेको छ । रासस

Advertisement

प्रतिक्रिया