बिहीबार, वैशाख १३, २०८१

जसपाको विवाद सुल्झाउने वक्तव्यसँगै एकल निर्णय पेश

मेरोन्यूज २०७८ जेठ ४ गते १६:०१
फाइल फाेटाे

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरेकै दिन संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएका छन् । जसपा संसदीय दलको नेतामा महतो चयन भएको सूचना संसद सचिवालयमा पुगेको हो ।

जसपा अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेको जसपाको पत्रमा संसदीय दलको नेतामा महतोको नाम उल्लेख गरिएको छ । सोही पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ ।

यो पनि पढ्नुहोस् : जसपाका ठाकुर र यादवले गरे सरकारको नेतृत्वमा दाबी

यसबारे संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको सहमति रहने वा नरहेने बारे प्रष्ट पारिएको छैन ।

आज दुवै पक्षका अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गरिरहेको अवस्थामा पार्टीभित्रको विवाद कम हुने देखिए पनि यस निर्णयले आगामी दिनमा कस्तो प्रभाव पार्ने छ ? यो भने हेर्न बाँकी नै रहेको छ ।

प्रतिक्रिया