बिहीबार, वैशाख १३, २०८१

नेपालसँग भेटेर बादलले भने : वार्ता सकारात्मक भयो

मेरोन्यूज २०७८ जेठ ४ गते १५:५८

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेकपा एमालेका नेता माधव कुमार नेपालसँगको वार्ता सकारात्मक भएको बताएका छन् । मंगलबार नेता नेपालको निवास कोटेश्वर पुगेका बादलले वार्ता सफल भएको बताएका हुन् ।

आगामी बिहीबार हुने राष्ट्रिय सभाको उप निर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गर्नका लागि बादल नेता नेपाल निवास पुगेका थिए । उनले भने, ‘उहाँसँग भएको वार्ता सफल भएको छ । पार्टीको विवाद समाधान गर्न र आगामी उप निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ ।’

बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उप निर्वाचनमा एमालेले गृहमन्त्री बादललाई उम्मेदवार बनाएको छ । प्रदेश ३ को राजधानी हेटौंडामा हुने उप निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमालेका नेता नेपालको गठबन्धनमा कलम चिह्नमा डा खिमलाल देवकोटा उम्मेदवार बनेका थिए । नेपाल समूहको मत आफ्नो पक्षमा सुनिश्चित गर्न बादल नेता नेपाल निवास पुगेका थिए ।

यो पनि पढ्नुहोस्

सहयोग माग्न नेता नेपाल निवास पुगे गृहमन्त्री बादल

प्रतिक्रिया