शनिबार, वैशाख ८, २०८१

लगातार बढेको नेप्सेमा नयाँ रेकर्ड

मेरोन्यूज २०७८ जेठ ४ गते १५:४१

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचकले आज मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । बजार परिसुचक ३४ दशमलब ६८ अंकले बढेर २ हजार ७ सय ९३ दशमलब ८९ अंकमा पुग्दासबैभन्दा बढी सेयर कारोबार भई नयाँ रेकर्ड कायम गरेको हो ।

कूल २ सय १५ कम्पनीको १ लाख १५ हजार ९ सय ६१ कारोबारबाट ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँ बराबरका २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता शेयर खरिदबिक्रि भएको स्टक एक्सचेञ्जले जनाएको छ । रकम र कारोबार अंकका कारण दुई क्षेत्रमा नयाँ रेकर्ड भएको लगानीकर्ता नवराज अधिकारीले जानकारी दिएका छन् ।

शेयर बजारमा मंगलबार उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक २०४ अंकले बढेको छ । कोरोनाका बेला निशेधाज्ञाले समस्यामा परेका होटल तथा पर्यटन समुहको परिसुचक २०० अंकले उकालो लागेको छ ।

प्रतिक्रिया