मंगलबार, वैशाख ४, २०८१

जसपाका ठाकुर र यादवले गरे सरकारको नेतृत्वमा दाबी

मेरोन्यूज २०७८ जेठ ४ गते १४:२०
फाइल फाेटाे

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो नेतृत्वमा सरकार गठन भए सरकारमा सहभागी हुने बताएको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले हस्ताक्षर गरेको विज्ञप्तिमार्फत सरकारको नेतृत्वमा दावी गरेको हो ।

यस्तै, विज्ञप्तिमा राष्ट्रिय सहमति भएमा समेत सरकारमा सहभागी हुने तर यस्तो अवस्था नआए प्रतिपक्षीको भूमिकामा नै रहने उल्लेख गरिएको छ । यसैगरि उनीहरूले संयुक्त विज्ञप्ति निकालेर आगामी दिनमा पार्टीलाई थप मजबुद बनाउँदै लैजाने बारेमा समेत जानकारी दिएको छ ।

जसपामा चार शीर्ष नेताहरूमा ठाकुर र यादव एक पक्षमा रहेका छन् भने संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र राजेन्द्र महतो एक पक्षमा स्पष्ट रुपमा देखिँदै आएका छन् ।

प्रतिक्रिया