शुक्रबार, वैशाख १४, २०८१

सहयोग माग्न नेता नेपाल निवास पुगे गृहमन्त्री बादल

मेरोन्यूज २०७८ जेठ ४ गते १३:३९

काठमाडौँ । गृह मन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका नेता माधव कुमार नेपालको निवासमा पुगेका छन् । आगामी बिहीबार हुने उप निर्वाचनमा आफूलाई सहयोग गर्न आग्रहका लागि नेता नेपालको निवास कोटेश्वर पुगेका हुन् ।

बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उप निर्वाचनमा एमालेले गृह मन्त्रीसमेत रहेका बादललाई उम्मेदवार बनाएको छ । प्रदेश ३ को राजधानी हेटौंडामा हुने उप निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमालेका नेता नेपालको गठबन्धनमा कलम चिह्नमा डा खिमलाल देवकोटा उम्मेदवार बनेका थिए ।

तर, पछिल्लाे समय नेपाल समूह कांग्रेस र माओवादीको गठबन्धनबाट बाहिरिसकेको छ । नेपाल समूहको मत आफ्नो पक्षमा पार्न सुनिश्चितताका लागि बादल नेता नेपाल निवास पुगेका हुन् ।

निर्वाचनको दिन नजिकिँदै गर्दा नेता नेपालसँग मत माग्न मन्त्री बादल उनको निवास पुगेका हुन् । यसअघि एमालले बादलको पक्षमा मतदान गर्न सोमबार पार्टीमा ह्वीप जारी गरिसकेको छ । एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको आधिकारिक उम्मेदवार बादललाई मत दिन सर्कुलर जारी गरेका हुन् ।

दुई नेताबीच पछिल्लो चरण एमालेभित्र देखिएकाे विवाद समाधानको विषयमा केन्द्रीत रहेर छलफल हुने समेत बताइएको छ । यसअघि बादलको पक्षमा मतदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन अध्यक्षबीच सहमति भइसकेको छ ।

प्रतिक्रिया