बुधबार, वैशाख १२, २०८१

कांग्रेसले बोलायो कार्य समिति बैठक, बजेट अधिवेशन बोलाउन माग गर्ने

मेरोन्यूज २०७८ जेठ ४ गते १३:०१
फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसले बुधबार संसदीय दल कार्यसमिति बैठक बोलाएको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो साढे २ बजे बैठक बोलाइएको जानकारी दिए ।

सरकारले अहिलेसम्म बजेट अधिवेशन आह्वान नगरेको, कोभिड–१९ महामारीमा पनि जनताको जीवनरक्षा गर्ने खालका काम गर्न नसकेको विषयमा छलफल गर्न कांग्रेसले दलको कार्यसमिति बैठक बोलाएको हो ।

बैठकबाट तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गरिने कांग्रेसका एक सांसदले बताए । संविधानमा १५ जेठमा सरकारले आर्थिक वर्षके बजेट संसदमा पेस गर्नु पर्ने व्यवस्था छ ।

बजेट पेस गर्नुअघि प्रि बजेट छलफल र सरकारको नीति तथा कार्यक्रम संसदमा पेस गर्नु पर्छ ।

प्रतिक्रिया