बिहीबार, वैशाख १३, २०८१

ओली र नेपाल पक्षबीच कार्यदलको बैठक बस्दै

मेरोन्यूज २०७८ जेठ ४ गते १२:२८

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको कार्यदलको बैठक बस्ने भएको छ । दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्ने पार्टीको अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यदल संयोजक सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा गत २ जेठ ओली पक्ष र नेता माधव नेपाल पक्षबाट बनेको कार्यदलको यो पहिलो बैठक हो । नेपालका तर्फबाट भीम रावल संयोजक छन् ।

‘कार्यदलको बैठक आज ३ बजे बस्ने भएको छ, तर के विषयमा छलफल हुने भन्ने यकिन हुन सकेको छैन,’ नेम्वाङले भने । गत ३१ वैशाखमा ओली र नेपाल समूह बीच एमालेलाई एकताबद्ध बनाएर लैजाने सहमति जुटेको छ ।

त्यसका लागि २ जेठ २०७५ को एमाले संरचना, विधान र नेतृत्व अनुसार जाने सहमति जुटेसँगै कार्यदलको बनेको हो ।

प्रतिक्रिया