शुक्रबार, वैशाख १४, २०८१

बारामा एकै घरमा दाजुभाइको घाँटी रेटेर हत्या

मेरोन्यूज २०७८ जेठ ४ गते १२:११

काठमाडौँ । बारा कलैया उपमहानगरपालिका ७ रंगपुर स्थित मदरसा सल्फिया कन्जुल उलुममा दुई बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव मंगलबार बिहान भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू दुवै जना सहोदर दाजुभाइ हुन् । बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार सोमबार बलुका ७ बजे दुवैजना घरबाट सँगै निस्किएका थिए । घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू हुन थालेको प्रहरीले जानकारी दिए ।

अनुसन्धानका लागि प्रहरीले प्रदेश २ प्रहरी कार्यालय डग शाखा बर्दिबासबाट तालिम प्राप्त कुकर मगाइएको डिएसपी मिश्रले जानकारी दिए ।

कसले किन हत्या गरेको हो ? भन्ने बारे केही जानकारी नआइसकेको प्रहरी बताएको छ ।

प्रतिक्रिया