बिहीबार, वैशाख १३, २०८१

कोरोना महामारीको अन्त्य तत्काल हुँदैनः डब्लुएचओ

मेरोन्यूज २०७८ जेठ ४ गते १०:३५

जेनेभा । कोरोना खोप खरिद गरी लगाउन नसकेका देशमा संक्रमण दर बढिरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ ।

संगठनका महानिर्देशक टेड्रोस एडहानोम घेब्रेयससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा कोरोनाविरुद्धको खोप उत्पादन र खरिदमा सक्रियता देखाएका देशहरुमा संक्रमणको दर न्यून हुँदै गएको बताएका छन् ।

भाइरसको नयाँ भेरियन्ट, कमजोर स्वास्थ्य प्रणाली, सार्वजनिक स्वास्थ्यका उपाय अवलम्वनमा ढिलाइ, अक्सिजनको अभाव र खोपको अभावमा संक्रमणको जोखिम नाटकीय रुपमा वृद्धि भएको उनको भनाई छ । कोरोना महामारीको अन्त्य तत्काल नहुने समेत उनले दाबी गरे ।

कोरोना नियन्त्रणमा लिन सफल भएका देशमा पनि अहिले संक्रमण पुष्टि हुने, अस्पतालमा बिरामी भर्ना र मृत्युको संख्या नाटकीय रुपमा वृद्धि भएको उनले जानकारी दिए ।

संगठनले गरिब र धनी देशहरुको बीचमा कोरोनाको प्रभाव स्पष्ट रुपमा छुट्टिन थालेको बताउँदै आएको छ ।

प्रतिक्रिया