शुक्रबार, चैत १६, २०८०

काठमाडौं उपत्यकामा मात्र ४० हजारभन्दा बढी संक्रिय संक्रमित

मेरोन्यूज २०७८ जेठ ४ गते १०:००

काठमाडौं । कोरोनाका कुल संक्रिय संक्रमितमध्ये ३५ दशमदव ९३ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा रहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभर होमआइसोलेसन, संस्थागत आइसोलेन र अस्पतालमा एक लाख १३ हजार ४८० जना सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यकामा ४० हजार ७७१ जनामा सक्रिय संक्रमित रहेका छन् । जुन कुल संक्रिय संक्रमितको ३५ दशमलव ९३ प्रतिशत हो ।

काठमाडौंमा २८ हजार ५२७ जना, भक्तपुरमा पाँच हजार ७३ जना र ललितपुरमा सात हजार १७१ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

Advertisement

प्रतिक्रिया