शनिबार, वैशाख ८, २०८१

अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको निधन

मेरोन्यूज २०७८ जेठ ४ गते ९:१०

झापा । कोरोना सङ्क्रमणका कारण झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको निधन भएको छ ।

नगरपालिकाका लागि भारतीय दूतावासबाट प्राप्त भएको एम्बुलेन्स लिन काठमाडौं पुगेर फर्किएपछि उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पचास वर्षीय खाम्याहाङ उपसचिवस्तरका कर्मचारी हुन् ।

गत वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि केही दिन आफ्नै क्वार्टरमा र त्यसपछि दुई दिन नगरपालिकाले स्थापना गरेको आइसोलेशनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बि एण्ड सी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारका क्रममा सोमबार निधन भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया