बिहीबार, चैत १५, २०८०

कोरियामा नयाँ चलन प्रेमिकालाई शेयर उपहार

मेरोन्यूज २०७८ जेठ ४ गते ८:१९

काठमाडौं । दक्षिण कोरियाका युवामा उपहार दिने नयाँ शैली शुरु भएको छ । प्रेमिकालाई फुल र चकलेटको सट्टा राम्रा कम्पनीको शेयर उपहार दिन थालिएको इनसाइडर डटकमले जनाएको छ ।

विगतमा उपहारमा फुल, चकलेट र अन्य सामग्री दिने बानी परिवर्तन गरी बजारमा सुचिकृत राम्रा कम्पनीका शेयर उपहार दिन थालिएको हो ।

र्‍याप स्टार केन वेष्ट र किम कार्दासियनले प्रगतिका लागि परिवार साथी, स्वास्थ्य, खुसीपन, सम्बन्ध र पैसा ठुलो भएकाले यसका लागि कम्पनीको शेयरले जीवन बनाउन सहयोग पुग्ने अभियानमा लागेकाले कोरियाका युवामा उपहार परिवर्तन भएको बताए ।

कोरियन युवामाझ टेस्ला, एप्पल, स्टारबक्स कफी लगायतका नाम र दाम दुवैमा बलिया कम्पनीका शेयर उपहार दिने प्रचलन बढ्दै गएको छ ।
कोरियामा यो ट्रेण्डको सुरुवात गर्न त्यहाँको ब्रोकर अफिस तथा इन्भेष्टमेण्ड बैंकिङ कम्पनीको ठूलो योगदान रहेको छ ।

केहि समय अघि सिनहान इन्भेष्टमेण्ट कर्पोरेशनले स्टक गिफ्ट कार्ड त्यहाँको लगभग सबै जनताले चलाउने काकाओटक नामक मोबाईल मेसेजिङ एपमा सुरु गरेकाले प्रचलन बढ्दै गएको इनसाइडर अनलाइनले जनाएको छ ।

Advertisement

उपहारमा प्राप्त हुने चक्लेट, फुल लगायतका बस्तुहरु केहि समय पनि नटिक्ने तर कम्पनीका सेयरहरुको कारण सम्पत्ति पनि बढ्ने भएकाले नेपालमा पनि यस्तो प्रचलनका लागि कम्पनीहरु लाग्नुपर्नेमा अर्थविद् विश्वम्भर प्याकुरेलले मेरोन्युजडटकमलाई बताए ।

प्रतिक्रिया