बिहीबार, वैशाख १३, २०८१

बादलकाे पक्षमा मतदान गर्न एमालेकाे ह्वीप

मेरोन्यूज २०७८ जेठ ३ गते २१:५४

काठमाडाैं । यही जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्यकाे उपनिर्वाचनमा पार्टीका उम्मेद्वार रामबहादुर थापा (बादल) काे पक्षमा मतदान गर्न नेकपा (एमाले)ले ह्वीप जारी गरेकाे छ । एमाले महासचिव इश्वर पाेखरेलले पार्टीकाे आधिकारिक उम्मेद्वार बादललाई मत दिन सर्कुलर जारी गरेका हुन् ।

‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार रामबहादुर थापा भएको जानकारी गराईन्छ,’ सर्कुलरमा भनिएको छ, ‘ पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रम अन्तर्गत मिति २०७८ जेष्ठ ६ गते ०९.०० बजे देखि १५.०० बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु।’

प्रतिक्रिया