शुक्रबार, जेठ ४, २०८१

निषेधाज्ञा अवज्ञा गर्ने ७ हजार ३१७ जना कारबाहीमा

मेरोन्यूज २०७८ जेठ ३ गते १८:०१

काठमाडौँ । पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७ हजार ३ सय १७ जनालाई प्रहरीले कारबाही गरेको छ ।

Advertisement

विभिन्न जिल्लामा लागु गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा निषेधाज्ञा अवज्ञा गर्ने ७ हजार ३ सय २७ जनालाई होल्डमा राखेर कारबाही गरेको हो ।

प्रहरीले ९ सय ७१ वटा गाडी र २ हजार २ सय २३ वटा मोटरसाइकल गरी ३ हजार १ सय ९४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया