शनिबार, वैशाख ८, २०८१

५ हजार भन्दा बढी कोरोनामुक्त

मेरोन्यूज २०७८ जेठ ३ गते १८:०१


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६७ जना व्यक्ति कोरोना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ४५ हजार ५२३ जना संक्रमित निको भएका छन्।

आज देशभरका प्रयोगशालामा २१ हजार ६५३ जनाको पीसीआर र ४३४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा नौ हजार २४७ जना संक्रमित पुष्टि भएका हुन्। पिसिआरबाट नौ हजार १९८ र एन्टीजेन विधिबाट ४९ संक्रमित पुष्टि भएका छन्। २४ घण्टामा २१४ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया