बुधबार, वैशाख १२, २०८१

बी एण्ड सीलाई सम्बन्धन दिन केयुको चिकित्सा शिक्षा आयोगमा रिफारिस

मेरोन्यूज २०७८ जेठ ३ गते १७:५७

काठमाडौं । झापाको बी एण्ड सी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालय (केयू)ले सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबावमा केयूको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । त्यसअनुसार विश्वविद्यालयको विज्ञ टोलीले गत वैशाख २२ देखि २६ गतेसम्म कलेजको निरीक्षण गरेको थियो ।

गत शुक्रबार केयू कार्यकारी परिषदको ६२५ औं बैठकले निरीक्षण प्रतिवेदननका आधारमा चिकित्सा शिक्षा ऐनको दफा १३ (६) अनुसार सम्बन्धनका लागि सहमति दिने निर्णय गरेको थियो । सोही बैठकले सीट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय गरेको छ ।

यस्तो छ पत्र

प्रतिक्रिया