बुधबार, वैशाख १२, २०८१

लागु औषधसहित झापामा ३ जना पक्राउ

मेरोन्यूज २०७८ जेठ ३ गते १७:४६

झापा । जिल्लाको झापा गाउँपालिका २ बाट अवैध लागु औषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँच सय ३० मिलिग्राम अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ, २ थान डिजिटल तराजु, नगद ५९ हजार रुपैयाँ र २ थान मोबाइलसहित उनीहरूलाई आइतबार साँझ पक्राउ गरेको हो ।

प्रहरीले झापा गाउँपालिका बस्ने २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंगा गाउँपालिका १ बस्ने १९ वर्षीय प्रताप लिम्बुलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया