बुधबार, वैशाख १२, २०८१

थप ९,२४७जनामा कोरोना पुष्टि,२१४जनाको मृत्यु

मेरोन्यूज २०७८ जेठ ३ गते १७:२६


काठमाडौं । नेपालमा पछिल्लो चौविस घण्टामा थप ९ हजार २४७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा २१ हजार ६५३ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ९ हजार १९८ र ४३४ जनाको एन्टीजेन परीक्षण गर्दा ४९ गरी थप ९ हजार २४७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी आज थप २१४ जना संक्रमितको मृत्यु भएको छ । आइतबार १४५ जना र शनिवार १८७ जनाको मृत्यु भएको थियो। यो संगै नेपलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार २१५ पुगेको छ । सोही अवधीमा थप ५ हजार ७६७ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया