शनिबार, वैशाख १५, २०८१

कोरोना संक्रमणबाट प्रहरी असइको मृत्यु

मेरोन्यूज २०७८ जेठ ३ गते १५:३४

काठमाडौँ । नेपाल प्रहरीका एक प्रहरी सहायक निरिक्षक (असइ)को कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

गत बैशाख २६ गते कोरोना पुष्टि भएका प्रहरी सहायक निरिक्षक शम्भुलाल दमाईको आइतबार राती निधन भएको हो ।

असइ दमाई लुम्बिनी प्रदेश दगां नियन्त्रण प्रहरी गण सुनवल पश्चिम नवलपरासी दरबन्दी भई हाल प्रहरी चौकी चारपाला गुल्मीमा कार्यरत थिए ।

गत २६ बैशाखमा कोरोना देखिएका उनि चौकीकै आइसोलेसनमा बस्दै आएका थिए । आइतबार राती एक्कासी श्वास प्रस्तावमा समस्या आएपछि अस्पताल पुर्याएलगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया