बिहीबार, वैशाख १३, २०८१

बाँकेमा एक हप्ता निषेधाज्ञा लम्बियो

मेरोन्यूज २०७८ जेठ ३ गते १४:०९
फाइल फाेटाे

काठमाडौँ । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न थप एक साता निषेधाज्ञा थपिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार एक विज्ञप्ति जारी गर्दै सोमबार (जेठ ३ गते) राति १२ बजेसम्म जारी निषेधाज्ञालाई जेठ १० गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय भएको जानकारी दिए ।

कोभिड–१९ को संक्रमण दर कमी नभएको भन्दै जिल्लामा थप एक साता निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । कोरोना संक्रमणको दर बढ्दै जाँदा परिस्थिति असहज भएकाले रोकथाम, नियन्त्रण तथा उपचारलाई व्यवस्थित बनाउन निषेधाज्ञा लम्ब्याएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया