शुक्रबार, वैशाख ७, २०८१

‘मिस यूनिभर्स २०२०’को उपाधि मेक्सिकोकी एन्ड्रियाको हातमा

मेरोन्यूज २०७८ जेठ ३ गते १३:३५

काठमाडौँ । ‘मिस युनिभर्स २०२०’को उपाधि मेक्सिकोकी एन्ड्रिया मेजाले जितेकी छन् । अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगितामा सफ्टवेयर इञ्जिनियरिङमा डिग्री हासिल गरेकी यी सुन्दरीले उपाधि जितेकी हुन् ।

पूर्व मिस युनिभर्स जोजिबिनी टुञ्जीले उनलाई ताज लगाइदिएकी थिइन् । ‘यदि, तपाई देशको लिडर हुनुभयो भने कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि कस्तो कदम चाल्नुहुन्छ ?’ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिँदै उनले उपाधि जितेकी हुन् ।

यो प्रतियोगितामा नेपालकी अनिष्का शर्माले पनि सहभागिता जनाएकी थिइन् । तर, उनले उत्कृष्ट २१ औँ स्थानमा समेत पर्न सकेकी थिइनन् । ब्राजिलकी जुलिया गामा फस्ट रनरअप हुँदा पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएकी छिन् ।

प्रतिक्रिया