शनिबार, वैशाख ८, २०८१

देशभर ७४ जिल्लामा निषेधाज्ञा, कुन जिल्लामा कहिलेसम्म ?

मेरोन्यूज २०७८ जेठ ३ गते १३:२३
फाइल फाेटाे

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट संक्रमण तीव गतिमा बढेसँगै ७४ जिल्लामा निषेधाज्ञा लागु भएको छ ।

गृह मन्त्रालयका अनुसार निषेधाज्ञा भएकामध्ये पाँच जिल्लामा आंशिक र ६९ जिल्लामा पूण निषेधाज्ञा लागु भएको छ । मन्त्रिपरिषद्ले ग्रामीण क्षेत्रमा २ सय र शहरी क्षेत्रमा ५ सय सक्रिया कोरोनाका संक्रमित पुगेपछि निषेधाज्ञा लगाउन सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको थियो ।

सोही अधिकारको प्रयोग गर्दै स्थानीय प्रशासनले जिल्लाभर वा प्रभावित क्षेत्रमा निषेधाज्ञा लगाउँदै आएका छन् ।

प्रतिक्रिया