बिहीबार, चैत १५, २०८०

पार्टीको जिम्मेवार नेताहरू हठ र दम्भबाट मुक्त हुनु : बामदेव गौतम

मेरोन्यूज २०७८ जेठ ३ गते १२:२७

काठमाडौँ । नेकपा एमालेका उपध्याक्ष बामदेव गौतमले पार्टीको जिम्मेवार पदमा बसेका नेताहरूलाई आफ्नो हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट मुक्त हुन आग्रह गरेका छन् । उनले मदन भण्डारी र जिवराज आश्रितको स्मृति दिवसमा यस्तो बताएका हुन् ।

यस्तै गौतमले पार्टीको सबै नेता कार्यकर्ताहरूमा नेकपा एमालेसहित वृहत् वाम एकतामार्फत नेता भण्डारी र आश्रितको मार्ग दर्शनलाई सार्थक बनाउने पर्ने बताए । ‘म आजका दिनमा पार्टीका सबै तहका नेता, कार्यकर्ताहरुमा नेकपा (एमाले)सहित वृहत् वाम एकतामार्फत उहाँहरूको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भनी कामना गर्दछु,’ उनले भने, ‘यस निम्ति आ-आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट जिम्मेवार कमरेडहरू मुक्त हुन आग्रह गर्दछु ।’

यस्तै उनले आफू अहिले पनि भण्डारी र आश्रितले निर्माण गरेको समाजवादको बाटोमा हिँडिरहेको बताए । उनले मदन र आश्रितको बाटोमा हिँड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त हुनु भए पनि उनीहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

प्रतिक्रिया