शुक्रबार, वैशाख ७, २०८१

माओवादीका नेता कार्यकर्तालाई एमालेमा व्यवस्थापन गर्नु पर्छ : पोखरेल

मेरोन्यूज २०७८ जेठ ३ गते १२:००

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन गरिनु पर्ने बताएका छन् ।

यस्तै, जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८औँ स्मृति दिवसका अवसरमा आज मदन भण्डारी फाउन्डेशनद्वारा भर्चुअल रुपमा आयोजित ‘समकालीन विश्व परिस्थिति र मार्क्सवादको सान्दर्भिकता’ विषयक जननेता भण्डारीको कोलकोतामा प्रस्तुत कार्यपत्र (पुस्तक)मा आधारित अन्तरक्रियामा पोखरेलले एमालेभित्रको विवादको समाधान कार्य दलमार्फत हुने स्पष्ट गरे ।

एमालेभित्रको विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा गठित कार्यदलका सदस्य पोखरेलले ‘जनताको बहुदलीय जनवाद’ को मार्गदर्शनमा रहेर यसलाई अझ विकास गर्दै समृद्धिको यात्रामा पार्टी र सरकारको नेतृत्व सफल हुने विश्वास व्यक्त गरे । विश्वमा क्रान्तिपछिको रुपान्तरणमा समाजवादी पार्टीमा अलमल देखिने भए पनि नेपालका सन्दर्भमा उपयुक्त रुपमा क्रान्तिका कार्यभार पूरा गर्न जबज सार्थक रहेको उनले टिप्पणी थियो ।

“एकैपटक समाजवादी कार्यक्रम कि पूँजीवादी क्रान्तिको उपचरण हुँदै समाजवादको यात्रा भन्ने सन्दर्भमा कम्युनिष्ट आन्दोलनमा हाल दुईथरी धारणा देखिए पनि राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै क्रमशः समाजवादमा जाने वर्तमान सरकारको सोच र कार्यक्रम उपर्युक्त छ”, उनले भने, “एमाले संशोधनवादको विरोधी पार्टी हो तर हामी उग्र क्रान्तिकारितामा पनि विश्वास गर्दैनौँ ।”

प्रतिक्रिया