बिहीबार, वैशाख १३, २०८१

सुनको मूल्य वृद्धि

मेरोन्यूज २०७८ जेठ ३ गते ११:४३

काठमाडौँ । सोमबार सुनको मूल्य वृद्धि भएको छ । आइतबार प्रतितोला ९ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज थप ३ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेको हो । त्यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँमा कामय भएको छ ।

चाँदीको मूल्यसमेत सोमबार सामान्य वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदीमा प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया