शनिबार, वैशाख ८, २०८१

आजको राशिफलः ज्येष्ठ ३ गते सोमबार

ज्यो. दिवाकर पन्त २०७८ जेठ ३ गते ६:१८

काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको ३ गते सोमबार, वैशाख शुक्लपक्षको पञ्चमी तिथि । अब लागौं आजको राशिफलतर्फ

मेष
समय अनुकुल रहेको छ । आम्दानीमा हुने बृद्धिले सन्तोष प्रदान गर्ने छ । पेशा ब्यवसायमा सकारात्मक हुने छ । परिवारमा मिलाप उत्पन्न हुने छ, एक अर्कामा सहयोग बढ्ने छ । बोलीमा अलि कठोरता आउने छ । यसले कामहरु बिगार्ने भएकाले संयम रहनु होला । राजनीति, प्रशासन, न्यायालय, श्रम क्षेत्र, ठेक्कापट्टा, ग्याँसको कारोवार आदीमा सहभागिहरुलाई फाइदा मिल्ने छ ।

वृष
समय बलियो रहेको छ । पेशागत जीवनमा सकारात्मक खवर आउने छ । भाग्यको बलियो साथ रहेकाले दृढ खाले ब्यक्तित्वका निर्माण हुने छ । यसले गर्दा अरुले हेप्न सक्ने छैनन् । तर मनमा अनेक खाले विचार क्षण क्षणमा आइ रहने भएकाले केही अन्योलता देखा पर्ने छ । शैक्षिक क्षेत्र, सूचना प्रविधि, ब्यवस्थापन, श्रम क्षेत्र, ठेक्कापट्टा आदीमा संलग्नहरुका लागि फाइदा मिल्ने छ ।

मिथुन
समयले सकारात्मक नै छ । उच्च मनोबलले भरिएको ब्यक्तित्व हुने छ । रिस धेरै उठ्ने भएकाले तपाईको ब्यक्तित्वमा गिरावट ल्याउने भएकाले विचार पु¥याउनु होला । परिवारका सदस्यहरुको तपाई प्रति विश्वास बढ्ने छ, भरोषा गर्ने छन् । रिस नियन्त्रणमा ध्यान दिनुहोला । भाग्य कमजोर रहेकाले सजिलो गरि सम्पन्न हुने अपेक्षा गरिएका कामहरु पनि ढिला गरि मात्र अघि बढ्ने छन् । बौद्धिक गतिविधि, शिक्षण, प्रशिक्षक, पानी, आइसक्रिम, कोल्ड ड्रिङ्स, दुग्ध पदार्थ, अध्ययन अध्यापन, शैक्षिक क्षेत्र, जस्ता ब्यवसायमा संलग्नहरुलाई समय फाइदाजनक हुने छ ।

कर्कट
आम्दानीमा केही बृद्धि हुन जाने छ । तर पेशागत जीवनमा भने नसोचिएका समस्याहरु देखा पर्ने छन्, तिनले चिन्ता बढाइ दिने छ । धन सम्पत्तिमा केही बृद्धि हुने छ । पेशा तथा ब्यवसायमा गर्न खोजिएका काममा धेरै मेहनत गरेपछि मात्र सम्पन्न हुने छ । साझेदारीमा गरिएका कामहरुमा पनि समस्या देखा पर्ने छ । ब्यवस्थापन, प्रशासन, औषधीको कारोवार, इन्जिनियरिङ्ग, राजनीति जस्ता क्षेत्रमा सक्रियहरुका लागि समय शुभ रहेको छ ।

सिंह
सकारात्मक समय रहेको छ । भाग्यको बलियो साथ रहेकाले कर्मशिलतामा बृद्धि हुने छ । लक्ष्मी र नारायणको आशिर्वाद रहेकाले पेशागत जीवन र ब्यवसायमा लाभ प्राप्त हुने छ । यसले आम्दानीमा पनि बृद्धि गराउने छ । वाणिज्य, ब्यवसाय, किराना पसल, दैनिक उभोग्य सामानको कारोवार, हरियो तरकारीको ब्यापार गर्नेहरुलाई लाभ प्राप्त हुने छ ।

कन्या
भाग्यको बलियो साथ रहेकाले समय सकारात्मक बन्न पुगेको छ । जीवनमा देखा पर्ने समस्याहरुसँग जुध्ने तागत प्राप्त हुने छ भने समस्या समाधानमा सफलता मिल्ने छ । पेशागत जीवन र ब्यवसायमा सफलता हात लाग्ने छ भने फाईदा पनि मिल्ने छ । यात्रामा समस्या आउने छ । पानी, दुध, आइसक्रिम, किराना पसल, आयात निर्यात जस्ता ब्यवसायमा रहेकाहरुलाई केही फाइदा हुने समय छ । अरुको हकमा समय सकारात्मक बनेको छैन् ।

तुला
संयमित रहनु पर्ने समय रहेको छ । नेतृत्व क्षमतामा कमि आउने छ, पाएको जिम्मेबारी राम्रोसँग निर्वाह गर्न क्षमतामा कमि हुने छ । पारीवारिक सदस्यहरु बीच मनमुटाव देखिने छ । आम्दानीमा हुने कमिले मनमा पीडा थपि दिने छ । खर्च बढ्ने छ । पेशा ब्यवसाय तथा कार्यालयमा नसोचिएका समस्याहरु देखा पर्ने छ । साझेदारीमा गरिएका कामहरुबाट भने केही फाइदा हुने भएकाले राहत मिल्ने छ ।

वृश्चिक
संयमित रहने समय छ । शारीरिक थाकान अत्याधिक बढ्न पुग्ने छ भने मनोबलमा निकै गिरावट आउने छ । मनमा नकारात्मक विचारले डेरा जमाउने छ । दाम्पत्य सुख प्राप्त हुने भएकाले असजिलो क्षणमा संम्हालिन केही साथ भने पाइने छ । शिरमा झुम्म भएको जस्तो लाग्ने छ, फ्रेस हुने छैन् । जलविद्युत, खेल जगत, होटल रेष्टुरेण्ट, क्यासिनो, सेना, प्रहरी, सुरक्षा निकाय, सेक्युरिटि सर्भिसेज् जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल रहेको छ ।

धनु
पारिवारिक सदस्यहरुका बीच धन सम्पत्ति, उन्नति प्रगति तथा पैतृक सम्पत्तिका विषयमा राय मिल्ने छ । परिवारमा मिलन हुने छ । तर बोलीमा कडापन आउने छ । लेनदेनको विषयलाई लिएर विवाद र झगडा हुने भएकाले यसबारेमा उच्च सतर्क रहनु नै ठिक हुने छ । साझेदारीमा गरिएका कामहरुमा विभिन्न समस्याहरु देखा पर्ने छन् । भाग्यको साथ कम रहेको समय भएकाले संयमित भएर मात्र पाइला चाल्नु होला ।

मकर
ब्यक्तित्व भने दृढ खालको हुने छ । त्यसैले अरु कसैले पनि हेप्न सक्ने छैनन् । तर रिस असाध्यै उठ्ने भएकाले यसबारेमा निकै संयमित रहनु होला । तपाईप्रति परिवारको पुरा साथ मिल्ने भएकाले असजिलोमा पनि जुध्ने तागत पैदा हुने छ ।सरसापट दिने वा लिने विषयमा बिबाद हुने भएकाले निकै विचार गर्नु होला । आम्दानीको विषयमा भने समस्याहरु झेल्नु पर्ने छ । दैनिक उपभोग्य सामान, पशुपालन, तरकारी, फलफूल, किराना पसल जस्ता क्षेत्रमा सक्रियहरुलाई समय अनुकुल छ ।

कुम्भ
दुविधा बढ्न जाने छ । ब्यक्तित्वमा गिरावट आउने छ । पेशागत जीवनमा अन्योलता र कठिनाईहरु देखा पर्ने छन् । धर्म अध्यात्मतर्फ आस्था बढ्ने छ । भायको साथ रहेकाले सुख सुविधा प्राप्त हुने तथा असजिलो परिस्थितिबाट पार पाउन ठुलो मद्दत मिल्ने छ । जीवनसाथिसँगको सहकार्यमा कामहरु गरेमा त्यसले राम्रो नतिजा दिने छ । साझेदारीका कामहरुबाट लाभ मिल्ने समय छ । प्रशासन, बैकिङ्ग, बीमा, राजनीति, बीमा, सूचना प्रविधि जस्ता क्षेत्रमा सmित्रयहरुलाई लाभ मिल्ने छ ।

मीन
भाग्य बलियो भएकाले मनमा दृढता उत्पनन हुँदा मनोबल उच्च हुने भएकाले प्रतिकुलतासँग जुध्न तागत प्राप्त हुने छ । पराक्रम र मेहनती स्वाभावमा पनि बृद्धि हुने छ । तर दुविधाले भने छोड्ने छैन् । त्यसले गर्दा ब्यक्तित्वमा क्षय हुने छ । पेशा ब्यवसायमा कठिनाईबाट गुज्रनु पर्ने छ । छालाको कारोबार, फलाम, ग्रिल, उद्योग कलकारखाना, श्रम क्षेत्र, भैसीपालन जस्ता ब्यवसायमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया