शुक्रबार, चैत १६, २०८०

चीन र ओमानबाट ल्याइएका अक्सिजन सिलिण्डर सातै प्रदेशका अस्पतालमा पठाइने तयारी

मेरोन्यूज २०७८ जेठ ३ गते ६:०६


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीन र ओमानबाट ल्याइएका अक्सिजन सिलिण्डर सातै प्रदेशका अस्पतालहरुमा गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता प्राडा।जागेश्वर गौतमले आज सिलिण्डर प्राप्त भएपछि सातै प्रदेशमा पठाईने बताए ।

उनका अनुसार गैर आवासिय नेपाली संघले मध्यपूर्वका राष्ट्रहरुको समन्वय परिषद् र ओमानको मस्कटस्थित नेपाली राजदूतावासको सहयोगमा नेपाल पठाएको ५६० थान अक्सिजन सिलिण्डर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिसकेको छ । चीन सरकारबाट सहयोगप्राप्त १८ हजार अक्सिजन सिलिण्डर पनि काठमाडौं आइपुग्नेपछि र सातै प्रदेशमा बाडिने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया