शुक्रबार, वैशाख १४, २०८१

पुन: पेट्रोलियम पदार्थको मूल्य वृद्धि

मेरोन्यूज २०७८ जेठ २ गते २०:५८

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ । निगमले साविकको मूल्यमा पेट्रोलमा १.४२ रूपैयाँ, डिजेलमा २.६८ रूपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ २.९२ बढाएको छ ।

निगमले आइतबार रातिदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोल र डिजेलको मूल्य १२१ रूपैयाँ, मट्टितेलको मूल्य १०४ रूपैयाँ र आन्तरिक उडानतर्फको हवाई इन्धनको मूल्य ७६ रूपैयाँ प्रतिलिटर तोकिएको छ ।

मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक ७१ करोड घाटा हुने निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए । निगमले अन्तर्राष्ट्रिय हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत कायम गरेको छ

प्रतिक्रिया