शुक्रबार, चैत १६, २०८०

थप १६ सय अक्सिजन सिलिण्डर नेपाल आइपुग्दै

मेरोन्यूज २०७८ जेठ २ गते १९:०५

काठमाडौँ । चीनमा रोकिएका १६ सय अक्सिजन सिलिण्डर मंगलबारसम्म नेपाल आइपुग्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जारी गरेको प्रेस विज्ञप्तिअनुसार चीन सरकारले अनुदानमा दिएको २० हजार अक्सिजन सिलिण्डर मंगलबारसम्म १६ सय सिलिण्डर नेपाल आइपुग्ने जनाएको छ ।

यसअघि बुधबार ४ सय थान नेपाल एयरलाइन्सको विमानबाट काठमाडौँ आइपुगेको छ । आइतबार स्थलमार्गबाट १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त १८ हजार अक्सिजन सिलिण्डर सबै प्रदेशमा पठाउने जनाएको छ ।

प्रतिक्रिया