शुक्रबार, चैत १६, २०८०

नेप्सेमा उच्च अंकले वृद्धि

मेरोन्यूज २०७८ जेठ २ गते १७:२३

काठमाडौं । कारोबार हुने साताको पहिलो दिन आज आईतबार नेप्से सूचक ५४ दशमबल २६ अंकले वृद्धि भएको छ । स्टक एक्सचेञ्जमा आबद्ध हुने कम्पनीको शेयर कारोबार मापक अघिल्लो दिनको तुलनामा शुन्य दशमलब २ प्रतिशतले वृद्धि भई २ हजार ७ सय ३८ दशमबल ३५ को बिन्दुमा पुगेको हो ।

आइतबार कारोबार भएका कूल २ सय १४ कम्पनीका १ लाख १३ हजार ६९ कारोबारबाट आज १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँ बराबरका २ करोड १३ लाख २८ हजार ८ सय ८२ कित्ता शेयर खरिद बिक्रि भएको स्टक एक्सचेञ्जले जनाएको छ । लामो समयपछि बजारमा १० अर्ब बढीको कारोबार भएपछि बजारमा ठूला लगानीकर्ता प्रवेश गरिएको आंकलन गरिएको छ । शेयर लगानिकर्ता नवराज अधिकारीले बजारमा शेयर बजार बुझेका व्यक्ति लगानीमा प्रवेश गरको बताउछन् ।

उनले लगानीकर्ताको मनोबल बढेको र बजारले पनि राम्रो व्यापार लिएको बताए । आइतबार नेप्से परिसुचकमा बढोत्तरी भएपनि २ सय १४ कम्पनीमध्ये ७० प्रतिशत कम्पनीको शेयर मूल्य बढ्न बाँकि रहेको स्टक एक्सचेञ्जले जनाएको छ । बढ्दो बजारमा जथाभावी लगानी नगरी आफुले शेयर खरिद गर्ने कम्पनीबारे जानकारी लिएर, जोखिम बहन गर्ने आफ्नो क्षमतालाई हेरेर मात्र लगानी गर्न शेयर विश्लेषकको भनाई छ ।

प्रतिक्रिया