शुक्रबार, चैत १६, २०८०

काठमाडौँ महानगरका विद्यालयलाई परीक्षा लिन निर्देशन

मेरोन्यूज २०७८ जेठ २ गते १६:५८

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयलाई जेठ २० गतेभित्र वार्षिक परीक्षा लिइसक्नु पर्ने बताएको छ । महानगरले वार्षिक परीक्षा लिएर जेठ मसान्तमै नतिजा सार्वजनिक गर्न निर्देशन दिएको हो ।

महानगरले विद्यालय अनुकूल हुने गरी परीक्षा लिन निर्देशन दिएको हो । यस्तै, महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार सूचना जारी गर्दै असार पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्न भनेका छन् ।

प्रतिक्रिया