शुक्रबार, वैशाख ७, २०८१

अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सलाम छ : सभापति देउवा

मेरोन्यूज २०७८ जेठ २ गते १६:५८


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत सबैप्रति कृतज्ञता व्यक्त गर्दै उच्च प्रशंसा गरेका छन् ।

उनले फ्रन्टलाइनरको मेहनतले बिरामीमा आशाको किरण देखिएको सामाजिक सञ्जालमार्फत जनाएका छन् । एक दिन राज्यले पक्कै पनि फ्रन्टलाइनरले यो कठिन अवस्थामा गरेको योगदानको कदर गर्ने पूर्वप्रधानमन्त्री देउवाले बताए । रासस

प्रतिक्रिया