शनिबार, वैशाख ८, २०८१

१२ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा ५२ वर्षीय पुरुष पक्राउ

मेरोन्यूज २०७८ जेठ २ गते १४:०५

भक्तपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका(५ छालिङ बस्ने ५२ वर्षीय भिम बहादुर बनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भिम बहादुरले ती बालिकालाई सोही ठाउँस्थित टहरामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया