शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्री र माधव नेपालबीच भेटवार्ता शुरु

मेरोन्यूज २०७८ जेठ २ गते १३:५८
तस्बिर : प्रधानमन्त्रीको नीजि सचिवालय

काठमाडौं । एमालेभित्रको विवाद मिलाउन गठन गर्ने भनिएको कार्यदल गठनका विषयमा अन्तिम टुंग्गो लगाउन प्रधानमन्त्री एवंम एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल वीच भेटवार्ता शुरु भएको छ ।

प्रधानमन्त्री ओली सीसीएमसीको बैठकमा ब्यस्त भएकाले बैठक निर्धारित समयभन्दा केही ढिला गरी शुरु भएको हो ।

भेटवार्ता प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यलय सिंहदरवारमा जारी छ ।

आजको वार्ताले एमालेको विवाद समाधान गर्न कार्यदल गठन गर्ने सम्भावना रहेको नेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।

नेताहरुका वीचमा १० सदस्यीय कार्यादल बनाउने विषयमा करिव समझदारी छ । तर कार्यदलमा प्रधानमन्त्री ओली पक्षले राख्न चाहेका नेताहरुका विषयमा भने नेपाल पक्षले चनाखो भएर हेरिरहेको छ ।

नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्तको नाममा करिव सहमति भएको छ । त्यस्तै ओलीपक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेलको नाममा छलफल छ । अन्य दुई सदस्य पूर्व माओवादी धारबाट तय गर्ने गरी प्रधानमन्त्रीले सोचेपनि त्यसमा नेपाल पक्ष त्यक्ति सन्तुष्ट देखिएको छैन ।

प्रतिक्रिया